पश्चिम नेपालमा २ घन्टाको अवधिमा ३ ठूला भुकम्पको झड्का

Thankot Times

थानकोट ।

पश्चिम नेपालमा बुधबार सबेरै ३ वटा भूकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बाग्लुङ भूकम्पका तीन ठूला झट्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार बाग्लुङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका तीन भूकम्पको झट्का महसुस गरिएको हो।

केन्द्रका अनुसार बाग्लुङको अधिकारी चौरको वरपर गएराति १:२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो।

यस्तै बाग्लुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टरको भूकम्प गएको केन्द्रले जनाएको छ।

त्यसपछि बिहान ३:२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ। भूकम्पले पुर्‍याएको क्षतीका बारेमा कुनै पनि जानकारी प्राप्त भएको छैन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ