धनुषामा रेलले किचेर एक जना यात्रीको मृत्यु

Thankot Times

थानकोट ।

धनुषामा रेलले किचेर बुधबार एक पुरुष यात्रीको मृत्यु भएको छ ।

विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा रेलले किचिएर यात्रीको मृत्यु भएको हो ।

सो रेल भारतको जयनगरबाट जनकपुरधामतर्फ आउँदै थियो । वैदेही स्टेसनबाट रेलमा चढ्न लाग्दा खुट्टा अड्किएपछि किचिएर यात्रीको मृत्यु भएको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीप क्षेत्रीले जानकारी दिए ।

उनका अनुसार मृतकको पहिचान खुल्न बाँकी छ ।

नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार गुडिसकेको रेलमा जबरजस्ती चढ्न लाग्दा खुट्टा फसेर ती व्यक्ति रेल्वे लिकमा खसेका थिए ।

लिकमा खसेका व्यक्तिको सोही रेलले किचेर मृत्यु भएको उनले बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ