तारकेश्वरबाट चार वटा हजार दरका नक्कली नाेटसहित समातिए पप्पु
थानकोट ।
प्रहरीले काठमाडौंको तारकेश्वरबाट नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाराको आदर्श कोटवाल गाउँपालिका-५ का ४९ वर्षीय पप्पु भनिने शेख निसम अख्तर रहेका छन् । उनलाई काठमाडौं अपराध अनुसन्धान कार्यालयबाट खटेको विशेष टोलीले नक्कली नाेटसहित पक्राउ गरेको हो । प्रहरीले उनको साथबाट एक हजार दरका ४ वटा नक्कली नोट बरामद गरेको छ ।













