माओवादी केन्द्रको बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जम्कट्टेल चयन

Thankot Times

थानकोट ।

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशको संसदीय दलको नेतामा पोलिट ब्युरो सदस्य शालिकराम जम्कट्टेल चयन भएका छन्। शुक्रबार र शनिबार काठमाडौंमा बसेको बैठकले जम्कट्टेललाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

बागमती प्रदेशसभा संसदीय दलको नेतामा चार जनाले आकांक्षा देखाएका थिए। उनीहरूमा जम्कट्टेल, युवराज दुलाल, सरल सहयात्री र गंगानारायण श्रेष्ठ थिए।

आकांक्षी धेरै भएपछि पार्टी प्रदेश इन्चार्ज हिकमान शाक्यले जम्कट्टेललाई संसदीय दलको नेता बनाउन प्रस्ताव गरेका थिए। उक्त प्रस्तावलाई सर्वसम्मत पारित गरेको बागमती प्रदेश उपाध्यक्ष प्रेमबहादुर पुलामीले जानकारी दिए, पहिलाेपाेष्टमा खबर छ ।

संसदीय दलको नेतामा सर्वसम्मत भएका जम्कट्टेल धादिङ निर्वाचन क्षेत्र नम्बर १ (२)बाट वाग्मती प्रदेशसभामा निर्वाचित भएका थिए।
माओवादी केन्द्र वागमती प्रदेशमा प्रत्यक्ष निर्वाचित १४ र समानुपातिक तर्फ ७ गरी २१ जना सांसद रहेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *