चन्द्रागिरि साकाेसलाई उत्कृष्ट काराेबार सम्मान
थानकोट । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था राष्ट्रिय सहकारी बैंकबाट पुरस्कृत भएकाे छ ।
आर्थिक वर्ष २०७८/७९ मा उत्कृष्ट वित्तीय काराेबार गरेबापत राष्ट्रिय सहकारी बैंकको १९औं साधारणसभाबाट कलंकी शाखा स्तरीय उत्कृष्ट काराेबार विधामा चन्द्रागिरि साकाेस पुरस्कृत भएको हाे ।
त्यस्तै, साेही आ.व मा नियमित काराेबार विधामा सितापाइलास्थित वर्शेवा बहुउद्देश्यीय सहकारी पुरस्कृत भएकाे राष्ट्रिय सहकारी बैंक कलंकी शाखाले जनाएको छ ।
चन्द्रागिरि सहकारीले थानकोट चेकपोस्टस्थित मुख्य कार्यालयका अतिरिक्त दहचाेक र खुमलटार सेवा केन्द्रबाट अत्याधुनिक वित्तीय सेवा दिँदै आएकाे छ भने निकट भविष्य थप सेवा केेन्द्र स्थापनाकाे तयारी भइरहेको संस्थाले जनाएको छ ।












