चन्द्रागिरि नगरपालिकाका भूमिहीन र अव्यवस्थित बसोबासीलाई जग्गा दिन पुनः सूचना आह्वान

Thankot Times

थानकोट ।

राष्ट्रिय भूमि आयोगले भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने प्रयोजनका लागि पुनः निवेदन माग गरेको छ ।

आयोगले चन्द्रागिरि नगरपालिका, काठमाडौं महानगरपालिकासहित विभिन्न २८ जिल्लाका स्थानीय तहमा भूमिहीनको लगत संकलन गर्नका लागि भदाै २९ गते ३५ दिने सूचना आह्वान गरेको थियो जुन निर्वाचन आचारसंहिता लागु भएसँगै असोज १ गते सूचना जारी गरेर स्थगित भएको थियो ।

मंसिर २८ गते एक सूचना जारी गर्दै भूमी आयोगले पूर्ववत्ः सूचनाकै म्याद बाँकी रहने गरी पुनः निवदेन माग गरेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *