महानायकको महाप्रस्थान, पेलेप्रति श्रद्धाञ्जली दिन हजाराैंको भीड (फोटो फिचर)

Thankot Times

थानकोट । 

हजारौँ ब्राजिलियनहरुले फुटबलका महान् खेलाडी पेलेप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

अन्तिम श्रद्धाञ्जलीका लागि पेलेको पार्थिव शरीर उनको पूर्व क्लब सान्तोसको साउ पाउलोस्थित उर्बानो काल्डिएयरा स्टेडियममा राखिएको थियो । मैदानबाहिर उनका समर्थकहरूको लामो लाइन देखिएको थियो ।

३ पटकको विश्वकप विजेता पेलेको ८२ वर्षको उमेरमा बिहीबार निधन भएको थियो । उनी सन् २०२१ देखि क्यान्सरबाट पीडित रहेका थिए । मंगलबार उनको पार्थिव शरीरलाई सान्तोसको सडकमा र्‍यालीसहित घुमाइनेछ र निजी समारोहबीच अन्त्येष्टि गरिनेछ ।

ब्राजिलको सरकारले उनको निधनमा तीन दिन राष्ट्रिय शोकको घोषणा गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *