काठमाडौंको तापक्रम ४.२ डिग्री सेल्सियम
थानकोट ।
मंगलबार बिहानैदेखि देशभरको मौसम आंशिक बदली छ। मध्य तराईका क्षेत्रमा हुस्सु र कुहिरो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मंगलबार प्रदेश १,गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्। उनका अनुसार दिउँसो पनि देशैभरको मौसम आंशिक बदली भएको छ।
आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ४.२ डिग्री सेल्सियम मापन भएको विभागले जनाएको छ।














