कतार पठाइदिन्‍छु भनी रकम ठगी गरेको आरोपमा कीर्तिपुरबाट ३२ वर्षीय युवक समातिए

Thankot Times

थानकोट ।

कतार पठाइदिन्‍छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापाको धुलाबारी नगरपालिका-१० सुगमटोल स्थायी घर भई हाल काठमाडौंको कीर्तिपुरमा नगरपालिका-१६ बस्‍ने ३२ वर्षीय हेमसागर भण्डारी रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले उनलाई काठमाडौंको नयाँ बानेश्‍वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्ध नगर पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता कृष्णप्रसाद कोइरालाले बताए ।

भण्डारीले पीडितहरुसँग पटक-पटक गरी १ लाख ७२ हजार रकम लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ