सुनको मूल्य उकालो लागेको लाग्यै, तोलामा २ सय रूपैयाँको बढोत्तरी

Thankot Times

थानकोट। 

सुनको भाउ १० महिना यताकै उच्च भएको छ । दैनिक मूल्य बढेपछि यसअघिको रेकर्ड ब्रेक गर्ने अनुमान गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार बुधबारको तुलनामा बिहीबार सुनको भाउ प्रतितोला २०० रुपैयाँले बढेको हो ।

बुधबार छापावाल सुनको भाउ एक लाख दुई हजार ९०० रुपैयाँ रहेकोमा बढेर एक लाख तीन हजार एक सय रुपैयाँ पुगेको छ भने एक लाख दुई हजार ४०० रुपैयाँ रहेको तेजावी सुनको भाउ एक लाख दुई हजार ६०० रुपैयाँ पुगेको छ। 

चाँदीको भाउमा भने उतारचढाव देखिएको छ । यसअघि एक हजार ४०० रुपैयाँ रहेको चाँदी आज घटेर एक हजार ३८५ रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *