बागमतीमा नयाँ सरकार गठनका लागि आह्वान, पाैष २५ गतेसम्म दाबी पेश गर्नुपर्ने

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकार गठनको लागि आह्वान गरिएको छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले जम्मा ५ दिनको नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि आह्वान गरेका हुन् । कुनैपनि दलले बहुमत नपाएका कारण धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढि दलहरुसँगको सहकर्यामा सरकार गठनका लागि आह्वान गरेका प्रदेश प्रमुख कार्यालय हेटौंडाका सचिव ओमबहादुर खड्काले जानकारी दिए ।

निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मितिले ३५ दिन भित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश प्रमुख कार्यालय हेटौंडाले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको मिति गत मंसिर २८ गतेलाई आधार मानेर सरकार गठनको लागि आह्वान गरेको सचिव खड्काले बताए ।

आह्वानअनुसार पुस २५ गते अपराह्न ४ बजेभित्र सरकार गठनको लागि दलहरुले प्रदेश प्रमुखसमक्ष दाबी पेश गर्नुपर्नेछ । ११० सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि ५६ जनाको सांसदको समर्थन आवश्यक हुन्छ ।

बागमती प्रदेशसभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ३७ जना सांसद रहेका छन् भने एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ जना सांसद रहेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *