सडक अनुगमनका लागि उपप्रधानमन्त्री श्रेष्ठ सितापाइलामा

Thankot Times

थानकोट ।

उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ सडक अनुगमनमा निस्किएका छन्।

यसअघि सडक मर्मत संभार र व्यवस्थित गर्न दिएको निर्देशन कार्यान्वयन भए-नभएको बारे अनुगमन गर्न उनी बिहीबार सितापाइला आसपासमा गएका उनको सचिवालयले जनाएको छ।

उनले मन्त्री भएलगत्तै उपत्यकाका सडकका खाल्डा पुर्न १५ दिन र  देशभरीका खाल्डा पुर्न एक महिनाको समय तोकेर मातहतका निकायलाई निर्देशन दिएका थिए।

अनुगमनमा उपप्रधानमन्त्री श्रेष्ठसहित मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक लगायतको सहभागिता रहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ