मृतकको हातबाट ब्रासलेट चोर्ने अस्पतालका सुरक्षा गार्ड पक्राउ
थानकोट ।
दुर्घटनामा परेर मृत्यु भएका युवकको हातमा लगाएको ब्रासलेट चोरी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय चितवनले भरतपुर अस्पतालका सुरक्षा गार्डलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अस्पतालका सुरक्षा गार्ड खोटाङको ऐसेलुखर्क-५ का २७ वर्षीय कृष्ण राईलाई पक्राउ गरिएको हो।
पुस १७ गते नारायणगढ-मुग्लिन सडकको केराबारीमा ना ५६ ख ३३१२ नम्बरको ट्रकको ठक्करबाट प्रदेश-०३-००३ प ६५७४ नम्बरको मोटरसाइकलका चालक घाइते भएका थिए।
मृतकको शव आकस्मिक कक्ष नजिकै रहेको कोठामा रहेको अवस्थामा हातमा लगाएको ब्रासलेट चोरी भएको थियो।
मृतकका परिवारले मृतकले हातमा लगाएको ब्रासलेट र पैसा हराएको जानकारी प्रहरीलाई गराएका थिए।
अनुसन्धान गर्दै जाँदा उक्त ब्रासलेट अस्पतालका गार्डले नै चोरी गरेको भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पन्डितले जानकारी दिए।














