अमेरिकाबाट शंकास्पद पैसा ल्याउन खोज्ने शाहसहित ६ जना पक्राउ

Thankot Times

थानकोट ।

अमेरिकाबाट शंकास्पद रूपमा नेपालमा रकम ल्याउन खोज्ने अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ। 

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको हो। उनीहरूलाई काठमाडौंको चाबहिलबाट पक्राउ गरिएको हो।

ब्युरोका प्रमुख एआइजी उत्तम सुवेदीका अनुसार उनीहरूमाथि ठगी मुद्दामा अनुसन्धान भइरहेको छ।

शाहले अमेरिकाबाट ल्याउन लागेको शंकास्पद १२ लाख अमेरिकी डलर राष्ट्र बैंकले रोकेर राखिदिएको थियो। 

उक्त रकम  फुकुवा गरिदिन शाहले विभिन्न निकायमा धाएका थिए। तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले उक्त रकम फुकुवा गरिदिन राष्ट्र बैंकलाई पत्र पठाएपछि तीव्र आलोचना भएको थियो। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ