उपप्रधान एवं गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
थानकोट ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको नागरिकतासम्बन्धी विवादमा अन्तरिम आदेश जारी नहुने भएको छ ।
शुक्रबार कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संवैधानिक इजलासले अन्तरिम आदेश नहुने आदेश जारी गरेको हो।
अन्तरिम आदेश जारी नभएसँगै उनको सांसद पद यथावत रहने भएको छ ।














