यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको जनाएको छ ।

जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली  रही  तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।

तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी  अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ