कांग्रेस संसदीय दलको बैठक बस्दै

Thankot Times

थानकोट ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज बस्ने गरी बैठक बोलाइएको जानकारी दिए ।

वर्तमान कांग्रेस संसदीय दलको पहिलो बैठक बस्न लागेको हो । बैठक कहाँ बस्ने भन्ने खुलाइएको छैन् ।

बैठकमा संसद्मा बैठकमा कसरी प्रस्तुत हुने, सरकारलाई विश्वासको मत दिने/नदिनेलगायत विषयमा छलफल हुनेछ ।

प्रतिनिधिसभाको नयाँ कार्यकालको बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि दलको बैठक बस्न लागेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *