मौसम पूर्वानुमान: पहाडमा आंशिक बदली, तराईमा शितलहर

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा मौसम सामान्यतया सफा रहे पनि पश्चिम र मध्य तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको अवस्था छ।

आज दिउँसो प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। राती सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सोमबार भने  सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *