विमानस्थलमा पहिलोपटक जहाज उडान हुने भएपछि नगरपालिकामा बिदा

Thankot Times

थानकोट ।

गुल्मीको रेसुंगा विमानस्थलमा आज डेमो उडानको तयारी गरिएको छ ।

तारा एयरको ट्वीनअटर जहाजले डेमो उडान गर्नेछ । जहाजमा काठमाडौंबाट गुल्मीका जनप्रतिनिधिसहित उच्च अधिकारी जाने कार्यक्रम तय भएको छ ।

उक्त विमानस्थलमा डेमो उडानका लागि रेसुंगा नगरपालिकामा आज बिदा दिइएको छ । डेमो उडानका लागि पनि बिदा दिइएको भन्दै सामाजिक सञ्जालमा भने चर्को आलोचना भएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले रेसुंगा विमानस्थलमा तारा एयरलाइन्सबाट परीक्षण उडानको कार्यक्रम तय भएकोले यस दिन नगर कार्यपालिकाको कार्यालयबाट प्रदान हुने सम्पूर्ण प्रकारका सेवा बन्द हुने जानकारी गराएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *