बलात्कार आरोपमा ललितपुरबाट १९ वर्षीय युवा पक्राउ

Thankot Times

थानकोट ।

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुरमा एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको फिक्कल गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२४, धापाखेल बस्दै आएका १९ वर्षीय वेधबहादुर नेपाली छन् ।

प्रहरीले शनिबार साँझ उनलाई नियन्त्रणमा लिएको हो ।

वेधबहादुरले ती किशोरीलाई यही पुस १६ गते धापाखेलस्थित आफ्नै टहराभित्र बलात्कार गरेको उजुरीको आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले पक्राउ गरेको जनाइएकोे छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *