सशस्त्र प्रहरीले गर्यो केबलकार रोकिएमा गरिने उद्धारको अभ्यास (भिडियोसहित)
थानकोट ।
सशस्त्र प्रहरीले केबलकार रोकिएमा गरिने उद्धारको अभ्यास गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र मनकामना केवलकार प्राइभेट लिमिटेडको सहकार्यमा मनकामना केबलकारमा रोप रेस्क्यु सम्बन्धी अभ्यास गरिएको हो ।
यात्री चढेको समयमा कुनै कारणले केवलकार रोकियो भने छिटो र सजिलो तरिका अपनाई उनीहरुको उद्धार गर्न सकियोस् भन्ने उद्देश्यले यो अभ्यास गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले जानकारी दिए ।
शिक्षालयले यसअघि आगलागी नियन्त्रण, विपद् प्रकोप, दुर्घटना, भूकम्पमा परेकाहरुको खोज तथा उद्वार, उनीहरुलाई दिने प्राथमिक उपचार र सहयोगजस्ता विषयलाई लक्षित गरी अभ्यास गर्दै आइरहेको छ ।














