बागमती प्रदेशको मुख्यमन्त्रीमा शालिकराम जमकट्टेल नियुक्त, नेकपा एससहित पाँच दलको समर्थन
थानकोट ।
बागमती प्रदेशले चाैथो मुख्यमन्त्री पाएको छ ।
सोमबार माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जमकट्टेल बागमती प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
उनले एमालेका २७, माओवादी केन्द्रका २१, राप्रपाका १३ र नेकपा एकीकृत समाजवादीका ७ तथा हाम्रो नेपाली पार्टीका २ सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।















