राष्ट्रिय एकता दिवसका अवसरमा पुस २७ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
थानकोट ।
नेपाल सरकारले पुस २७ गते बुधबार सार्वजनिक बिदा दिने भएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले २७ पुस अर्थात् पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।
नेपालमा गणतन्त्र प्राप्तिपछि एकता दिवसबारे बिदा दिने नदिने विषयमा विवाद हुँदै आएको थियो।














