बागमतीका मुख्यमन्त्री जम्मकट्टेलसहित ३ मन्त्रीले लिए शपथ
थानकोट ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पद तथा गोपनियताको शपथ लिएका छन् ।
मंगलबार बिहान मुख्यमन्त्री जम्मकट्टेलसहित मन्त्रीहरू नेकपा एमालेका जगन्नाथ थपलिया र राप्रपाका उद्धब थापाले पद तथा गोपनियताको शपथ लिएका हुन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुख कार्यालय हेटौंडामा उनीहरुलाई शपथ गराएका हुन् ।
एमालेबाट मन्त्री बनेका थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी लिएका छन् भने राप्रपाबाट मन्त्री बनेका थापाको जिम्मेवारी तोकिएको छैन् ।














