घनश्याम भूसाल एकीकृत समाजवादीमा प्रवेश गर्दै

Thankot Times

थानकोट ।

घनश्याम भूसाल नेकपा एकीकृत समाजावादीमा प्रवेश गर्ने भएका छन् । बिहीबार उनी औपचारिक रुपमा एकीकृत समाजवादी पार्टीमा संलग्न हुने तयारी रहेको बताइएको छ । उनी नेकपा (एमालेे) परित्याग गरेर प्रतिनिधिसभा चुनाव लडेका उनी पराजित भएका थिए ।

‘१-२ दिनमा यस विषयमा औपचारिक घोषणा हुनेछ‚’ भूसालनिकट स्रोतले भन्यो, ‘अहिलेसम्म भएको तयारीअनुसार बिहीबार औपचारिक कार्यक्रम हुन्छ ।’

मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका भूसालले एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए । त्यसयता एकीकृत समाजवादीको नेतृत्वसँग पटक-पटक छलफल गर्दै आएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *