प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने कांग्रेसको निर्णय
थानकोट ।
नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मंगलबार मध्यान्ह संसद भवन बानेश्वरमा बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको नेता कृष्णप्रसाद सिटौलाले बताए ।
प्रधानमन्त्री प्रचण्ड सोमबार साँझ सभापति देउवा निवास पुगेर विश्वास मत मागेका थिए ।














