राष्ट्रिय महिला तथा पुरुष भलिबलमा न्यू डायमण्ड विजयी

Thankot Times

थानकोट ।

राजधानीमा जारी सातौँ संस्करणको राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनशिपअन्तर्गत महिलातर्फको खेलमा साबिक विजेता न्यू डायमण्ड स्पोर्टस् क्लब सेमिफाइनलमा प्रवेश गरेको छ  ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा आज भएको खेलमा न्यू डायमण्डले एभरेष्ट भलिबल क्लबलाई ३-० को  सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का  गरेको हो । न्यू डायमण्डले एभरेष्टलाई पहिलो सेटमा २५-७ ले पराजित गर्यो भने दोस्रो सेट २५-१० ले पाखा लगायो । 

त्यस्तै तेस्रो सेट २५-१२ ले हरायो । जितसँगै समूह ‘ए’ बाट न्यू डायमण्डले दुई खेलमा छ अंक जोडेको छ । यस समूहबाट नेपाल पुलिस क्लब पनि सेमिफाइनलमा पुगेको छ । पुलिसको पनि समान छ अंक नै रहेको छ ।

च्याम्पियनशिपमा महिलातर्फ आठ टोली सहभागी छन् भने पुरुषतर्फ १४ टोलीले सहभागिता जनाएका छन् । च्याम्पियनशिपको महिला र पुरुषतर्फको विजेता टोलीले चार लाख पाउनेछ भने उपविजेताले रु दुई लाख प्राप्त गर्नेछ ।

त्यस्तै तेस्रो हुने टोलीले रु एक लाख पाउनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ