नेपाल टी-२० लिग: उपाधिका लागि लुम्बिनी र विराटनगर भिड्ने

Thankot Times

थानकोट ।

नेपाल क्रिकेट संघले पहिलोपल्ट आयोजना गरेको नेपाल टी-२० लिगको उपाधिका लागि लुम्बिनी अल स्टार्स र विराटनगर सुपर किंंग्सबीच प्रतिस्पर्धा हुने भएको छ ।

मंगलबार सम्पन्न दोस्रो क्वालिफायरमा जनकपुर राेयल्सलाई ३९ रनले पराजित गरी विराटनगरले लुम्बिनीसँगको भेट निश्चित गरेको हो । आइतबार सम्पन्न पहिलो क्वालिफायरमा जनकपुरलाई नै हराएर लुम्बिनीले फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

विराटनगर र लुम्बिनीबीचको फाइनल खेल बुधबार त्रिवि मैदानमा हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ