खाना नपकाएको निहुँमा श्रीमानको लात्ती प्रहारबाट श्रीमतीको मृत्यु भएपछि..

Thankot Times

थानकोट ।

श्रीमानकाे लात्ती प्रहारबाट झापामा एक महिलाको मृत्यु भएको छ । भोजपुरको अरुण गाउँपालिका-१ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका-९ खरबन्दीमा डेरा गरी बस्ने ३५ वर्षीय विश्वराज घिसिङले आफ्नी ३६ वर्षीया श्रीमती प्रमिला भुजेल घिसिङलाई लात्तीले हानेर हत्या गरेका छन् ।

समयमा खाना नपकाएको निहुँमा झै-झगडा हुँदा श्रीमानले लात्तीले पेटमा हान्दा प्रमिलाको सोही स्थानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

लात्ती हान्ने श्रीमान् विश्वराज घिसिङलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनि झापामा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *