प्रधानमन्त्री प्रचण्डलाई भेट्न केपी ओली बालुवाटारमा

Thankot Times

थानकोट ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच राजनीतिक विषयमा छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच छलफल भइरहेको हो । छलफलमा उनीहरुबीच मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुख चयनसहित शक्ति बाँडफाँटका विषयमा कुराकानी भइरहेको छ ।

बिहीबार नै बस्ने भनिएको सत्तारुढ गठबन्धन बैठकअघि उनीहरुबीच भेटवार्ता भएको हो । यसअघि बुधबार साँझ पनि ओली निवास बालकोटमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच छलफल भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *