आज एकीकृत समाजवादी प्रवेश गर्दै घनश्याम भुसाल

Thankot Times

थानकोट ।

नेकपा एमाले छाडेका घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्।

नयाँ बानेश्वरस्थित अर्याल होटलमा आज दिउँसो २ बजे आयोजित कार्यक्रममा उनी एकीकृत समाजवादीमा प्रवेश गर्नेछन्।

पार्टी अध्यक्ष माधवकुमार नेपालले भुसाललाई पार्टीमा स्वागत गर्ने कार्यक्रम छ।

भुसाल चुनावअघि एमाले छाडेका थिए।

उनी रूपन्देही १ बाट स्वतन्त्र रूपमा चुनाव उठे। तत्कालीन सत्ता गठबन्धनले उनलाई समर्थन गरे पनि चुनावमा एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए।

भुसाल माधव नेपाल एमालेमा हुँदा उनी निकट थिए। तर माधवले पार्टी फुटाएर एकीकृत समाजवादी गठन गर्दा भुसालले साथ दिएका थिएनन्।

भुसालले गत असोज २३ मा एमाले छाडेका थिए। भुसाललाई पार्टीमा स्वागतका लागि एकीकृत समाजवादीले यसअघि पत्रसमेत पठाएको थियो।

भुसाललाई कुन जिम्मेवारी दिने एकीकृत समाजवादीले खुलाएको छैन्। उनलाई उपाध्यक्ष वा महासचिव कुनै एक पद दिने तयारी रहेको पार्टीका नेताहरू बताउँछन्।

अध्यक्ष नेपालले भुसाललाई उपयुक्त जिम्मेवारी दिइने बताउँदै आएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *