आजको माैसम

Thankot Times

थानकोट ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । तराईका थोरै   भू–भागमा हुस्सु÷कुहिरो लागेको छ ।

विभागले आज दिउँसो कर्णाली, गण्डकी र प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

आज राति कर्णाली, गण्डकी र प्रदेश–१ का पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

तराईका केही भू–भागमा हुस्सु÷कुहिरो लागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने सम्भावना रहेकोले आवश्यक सावधानी अपनाउन विभागको आग्रह छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *