बागमती प्रदेशको उपसभामुखमा ३ जनाको उम्मेदवारी

Thankot Times

थानकोट ।

बागमती प्रदेशको उपसभामुख पदका लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।

आगामी माघ २ गतेका लागि तय भएको निर्वाचनका लागि ३ वटा दलबाट ३ जनाको उम्मेदवारी दर्ता भएको हो

उपसभामुख पदका लागि आगामी माघ २ गते सोमबार ३ बजेका लागि निर्वाचनको मिति तय गरिएको छ । उक्त दिन बस्ने प्रदेशसभाको बैठकमा उपसभामुखको निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।

प्रदेशसभा सचिवालय हेटौंडाले उपसभामुख पदका लागि शुक्रवार साँझ ५ बजेदेखि ६ः३० बजेसम्म मनोनयन दर्ताको कार्यक्रम तय गरेको थियो । उक्त अवधिमा प्रदेशसभाको उपसभामुख पदका लागि सत्ता गठबन्धन, नेपाली कांग्रेस र नेमकीपाका सांसदले उम्मेदवारी दिएका हुन् । सत्तारुढ गठबन्धनको तर्फबाट नेकपा एमालेकी अप्सरा चापागाईँले उपसभामुख पदका लागी उम्मेदवारी दिएकी छन् भने नेपाली कांग्रेसबाट सुना परियारको उम्मेदवारी दिएकी छन् । नेमकीपाबाट गीता काफ्लेले उम्मेदवारी दर्ता गराएकी छन् ।

पद तथा गोपनियताको शपथ लिएसँगै नवनियुक्त प्रदेशसभाका सभामुख भुवन पाठकले उपसभामुखको निर्वाचनको प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्कालाई जिम्मेवारी दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *