बागमती प्रदेशका माननीयहरूले फाल्गुन १४ भित्र सम्पत्ति विवरण बुझाउनुपर्ने
थानकोट ।
बागमती प्रदेश सभा सचिवालयले सांसद्हरूलाई सम्पत्ति विवरण बुझाउन सूचना जारी गरेको छ ।
सांसद्हरूले पुस १४ गते पद तथा गोपनियताको सपथ लिएको मितिबाट २ महिनाभित्र अर्थात फाल्गुन १४ गतेभित्र अनिवार्य रूपमा आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरण बुझाउन सूचनामा उल्लेख छ ।
प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी निर्वाचित १ सय १० जना सांसद् रहेका छन् । 














