यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखविरूद्ध १ करोड बढीको भ्रष्टाचार मुद्दा

Thankot Times

थानकोट । 

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरी १ करोड बढी सम्पत्ति कमाएको भन्दै एक जना शाखा अधिकृतविरूद्ध मुद्दा हालेको छ।

अहिले राष्ट्रिय भूमि आयोग ताहाचलमा कार्यरत अधिकृत गणेशप्रसाद पोखरेलसँग भएको १ करोड ६ लाख ३३ हजार रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै मुद्दा हालेको हो।

पोखरेल यसअघि यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र सुकेधारा चावहिलका निमित्त कार्यालय प्रमुख थिए।

स्रोत नखुलेको सम्पत्ति बराबरको बिगो माग गर्दै आयोगले विशेष अदालतमा मुद्दा हालेको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *