‘हाम्रा हिरोइन १८ लाख लिन्छन्, ८ शो हाउसफूल गर्न सक्दैनन्’- निर्देशक बस्नेत

Thankot Times

थानकोट ।

गतसाता भारतीय फिल्म निर्माता करण जोहरले महंगो पारिश्रमिक लिने स्टारप्रति लक्षित गर्दै व्यंग्य गरे । उनको यो अभिव्यक्तिभित्र बलिउडको वर्तमान यथार्थ र गुनासो लुकेको छ । करणले भनेका थिए -‘बीस करोड भारु पारिश्रमिक माग्ने तर, ५ करोडको ओपनिङ दिन नसक्ने कलाकारको यो भ्रम रोगजस्तै हो, जसको कुनै खोप छैन्।’

नेपाली फिल्म निर्देशक तथा निर्माता शोभित बस्नेतले पनि शनिबार यस्तै अभिव्यक्ति दिएका छन् जसको आशय बलिउड निर्माता जोहरसँग ठ्याक्कै मिल्छ । भन्नुको अर्थ, बलिउड र नेपाली फिल्म साझा समस्याबाट ग्रसित छन् जहाँ स्टार महंगो पारिश्रमिक त लिन्छन् तर, उनीहरुको फिल्मको ओपनिङ निकै कमजोर हुन्छ अर्थात पहिलो सप्ताहन्तको ओपनिङ अकुपेन्सी १० प्रतिशत भन्दा तल हुन्छ ।

बस्नेत लेख्छन् -‘हाम्रा हिरोइनहरु १८ लाख लिन्छन् तर देशभर ८ शो पनि हाउसफुल गर्न सक्दैनन् ।’ उनको यो अभिव्यक्तिको समय र सान्दर्भिकता कता लक्षित छ भन्ने कुरा बुझ्न कठिन छैन । शोभितले यस्तो लेखिरहँदा नेपाली हलहरुमा साम्राज्ञी शाहको ‘तिम्रो मेरो साथ’, प्रियंका र ऋचा शर्माको ‘चि मुसी चि’ र उपासनासिंह ठकुरीको ‘डिसेम्बर फल्स’ प्रदर्शन भैरहेको छ ।

यी सबै फिल्मलाई हलमा दर्शक तान्न पनि सकस भैरहेको छ । यो सन्दर्भमा आएको निर्देशक बस्नेतको अभिव्यक्तिले सामाजिक संजालमा बहस निम्ताएको छ जसलाई अन्य फिल्मकर्मी पनि उत्रिएका छन् ।

अनलाइखबरबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *