यस्तो छ आजको मौसम पूर्वानुमान

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखा नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ। जसको प्रभावले पहाडी भेगमा आंशिक बदली छ भने तराईमा हुस्सु लागेको छ ।

दिउँसो प्रदेश १, मधेस लगायत बागमतीको पहाडी भूभागमा आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ ।

राति पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ भने बाँकी भेगमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्य बदलीको सम्भवना छ भनेउच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *