सोमबार राष्ट्रिय झण्डा आधा झुकाइने

Thankot Times

थानकोट ।

७२ जना सवार यति एयरलाइन्सको विमान दुर्घटना भएकोमा सरकारले सोमबारका दिन अत्यावश्यक सेवा बाहेक नेपाल राज्यभर शोक विदा दिने घोषणा गरेको छ ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्‍को निर्णय अनुसार राष्ट्रिय झण्डा आधा झुकाउने निर्णयसमेत गरेको जानकारी दिएको हो ।

सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले सरकारले  घटनाप्रति दुःख व्यक्त गरेको बताएका छन् । 

आइतबार विहान १०:३२ बजे काठमाडौँबाट पोखराको लागि ६८ जना यात्रु र ४ जना चालक दलका सदस्य सहित उडेको यति एयरको एटीआर ७२ विमान अन्दाजी ११:०० बजेको समयमा कास्की जिल्लाको पोखरा महानगरपालिका- १५ नयाँगाउँस्थित सेती नदीको खोचमा दुर्घटना भएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *