पोखरामा विमान दुर्घटनाः जहाजमा सवार ७२ मध्ये ६८ जनाको मृत्यु पुष्टि

Thankot Times

थानकोट ।

आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा ६८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

सो दुर्घटनामा हालसम्म ६८ जनाको मृत्यु पुष्टि भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ ।

विमानमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए । जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका प्राधिकरणले जानकारी दिएको छ ।

हेर्नुहोस् प्राधिकरणको विज्ञप्ति

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *