२०५६ सालको भदाै ११ गते दहचोकमा नेकोन एअरको विमान दुर्घटना हुँदा …….
थानकोट ।
वि.सं. २०५६ साल भदाै ११ गते साबिक दहचोक गाविसस्थित इन्द्रस्थान क्षेत्रमा नेपालको पहिलो नीजि विमान कम्पनी नेकोन एअरको जहाज दुर्घटना भएको थियो । सो दुर्घटनामा परि १५ जनाले ज्यान गुमाएका थिए ।
नेकोन एअर फ्लाइट १२८ को विमान पोखरा विमानस्थलबाट काठमाडाैं आउँदै गरेको थियो ।
५ नेपाली, ३ भारतीय, २ बंगलादेशी तथा ५ जना चालक दलका सदस्यसहित १५ जना रहेको सो विमान क्याप्टेन जयकृष्णराज जोशीले उडाएका थिए ।
करिब ३५ मिनेट लामो उडान दुरी रहेको पोखरा-काठमाडाैं रूटमा बिहान १० बजे पोखराबाट उडान भरेको जहाज १० बजेर २५ मिनेटमा दहचोकनजिकै आइपुगेको थियो ।
४२ जना यात्रु क्षमता भएको सो विमानको दाँया पखेटा अचानक दुरसञ्चार प्राधिकरणको टावरमा ठोक्किँदा दुर्घटना भयो र विमानमा रहेका सबै १५ जनाको निधन भयो ।
सो विमान कम भिजिविलिटीका कारण दुर्घटना भएको अनुमान गरिएको थियो ।
सो वर्ष नेकोन एअरको २ वटा विमान दुर्घटना भएका थिए ।












