सल्यानटार गोल्डकपको उपाधि सल्यानटार युवा समाजलाई
थानकोट ।
धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-२ सल्यानटारमा भएको सल्यानटार गोल्डकपको उपाधि त्रिपुरासुन्दरी युवा समाजले जितेको छ ।
आइतबार भएको फाइनल खेलमा प्रतिस्पर्धी टिम रोयल सल्यानटार फुटबल क्लबलाई पराजित गर्दै आयोजक त्रिपुरासुन्दरी युवा समाजले उपाधि हात पारेको हो ।
उपाधि जितेको त्रिपुरासुन्दरी युवा समाजले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार पाएका छन् ।
उपविजेतामा रोयल सल्यानटारले ६६ हजार ६ सय ६६ पाएका छन् ।













