जलविनायक नजिक सडकबाट बागमती किनारमा खस्यो कार, उद्धार कार्य जारी
थानकोट ।
कीर्तिपुर नगरपालिकास्थित चोभारमा सोमबार साँझ एक कार सडकबाट नदी किनारमा खसेको छ।
प्रहरीका अनुसार चोभारबाट खोकनातर्फ जाँदै गरेको कार बा ५ च ५६५४ नम्बरको कार जलविनायक मन्दिर नजिकबाट बागमती नदी किनारमा खसेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले दुर्घटनाबारे पुष्टि गरेका छन् । अहिले प्रहरी वृत्त कीर्तिपुर र विपद् व्यवस्थापन सामाखुसीबाट उद्धारको टोली खटिएको छ। कारमा कति जना सवार थिए भन्ने खुलेको छैन्।
कारमा सवार एक जनाको उद्धार गरी प्रहरीले बयोधा अस्पतालमा पुर्याएको छ। अरू पनि कोही सवार थिए/थिएनन् भन्नेबारे प्रहरीले बुझिरहेको छ।
दुर्घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
तस्बिरः ज्ञानेन्द्र महर्जन














