मंगलबारको माैसम पूर्वानुमानः हिमाली क्षेत्रमा हिमपात हुने

Thankot Times

थानकोट ।

मौसम पूर्वानुमान महाशाखाले नेपालमा आज पनि मौसममा आंशिकदेखि सामान्य बदली आउने जनाएको छ । पहाडी क्षेत्रका केही ठाउँमा बादल देखिएको छ भने तराईका भू-भागमा हुस्सु र कुहिरो लागेको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज सुदूरपश्चिम, कर्णाली, गण्डकी प्रदेश र प्रदेश १ को उच्च पहाडी तथा हिमाली भू-भागहरुका केही ठाउँमा हिमपात हुने सम्भावना छ । बाँकी भू-भागमा भने सामान्यतया मौसम सफा रहनेछ ।

राति पनि देशका उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपातको सम्भावना रहेको छ । यो क्रम आगामी बिहीबारसम्मै कायम रहने महाशाखाले जनाएको छ ।

बिहीबार भने हिमपातसँगै सुदूरपश्चिम प्रदेशका केही ठाउँमा वर्षाको पनि सम्भावना रहेको छ । यो वर्ष हिउँद जानै लाग्दा पनि वर्षा हुनसकेको छैन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *