लिङ्देन उप्रधानसहित उर्जा मन्त्री बन्ने, खानेपानी र युवा तथा खेलकुद मन्त्रालयपनि राप्रपाको भागमा

Thankot Times

थानकोट ।

अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रचण्ड नेतृत्वको सरकारमा सामेल हुने भएको छ ।

उच्चस्तरीय राजनीतिक संयन्त्रको सोमबार साँझ बसेको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको छ, जसअनुसार राप्रपाले तीन मन्त्रालय पाएको छ ।

राप्रपाले उर्जा, खानेपानी र युवा तथा खेलकुद मन्त्रालय पाउने सहमति भएको बुझिएको छ । राप्रपा अध्यक्ष लिङ्देन उपप्रधानसहित उर्जामन्त्री हुनेछन् ।

अरु दुई मन्त्री र एक राज्यमन्त्रीको टुंगो लागेको छैन् । अध्यक्ष लिङ्देनले पार्टीका नेताहरुसँग परामर्श गरेर मन्त्रीको टुंगो लगाउनेछन् ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तीन मन्त्री, एक राज्यमन्त्रीसँगै उपसभामुख पनि पाउने भएको छ ।

रास्वपाले अब शिक्षा र श्रम मन्त्रालय पाउने तय भएको छ । सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री भइसकेका छन् ।

 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *