जलविनायकनजिक बागमती नदीमा कार खस्दा एक जना बेपत्ता, एक जना गम्भिर घाइते

Thankot Times

थानकोट ।

कीर्तिपुर नगरपालिकास्थित चोभार पुल नजिकैबाट सोमबार साँझ एउटा कार बागमती नदीमा खस्दा एक जना बेपत्ता भएका छन् । द्रुतमार्गबाट कीर्तिपुरतर्फ आउँदै गरेको बा.५च ५६५४ नम्बरको कार बागमती खसेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

दुर्घटनामा परेर सो कार चालक दक्षिणकाली नगरपालिका-१ खहरे घर भएका राजकुमार लामिछाने बेपत्ता भएका हुन्। कारमा सवार ३५ वर्षीय अम्बिका लामिछाने खत्री गम्भीर घाइते भएकी छन्।

अम्बिकाको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। बेपत्ता चालकको खोजी भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *