नवनियुक्त मन्त्रीहरूले लिए शपथ
थानकोट ।
नयाँ मन्त्रीहरूले राष्ट्रपति कार्यालयमा पद तथा गोपनियताको शपथ लिएका छन् ।
नवनियुक्त मन्त्रीहरूलाई मंगलबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ खुवाएकी थिइन् भने राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री प्रचण्डले शपथ खुवाएका थिए ।
विस्तारित मन्त्रिपरिषद्का सदस्यहरूः
राजेन्द्र लिङ्देन, उपप्रधान तथा ऊर्जा मन्त्री
विमला पौडेल राई, परराष्ट्र मन्त्री
शिशिर खनाल, शिक्षा मन्त्री
डोलप्रसाद अर्याल, श्रम मन्त्री
ध्रुवबहादुर प्रधान, कानून मन्त्री
सुदन किराती, पर्यटन मन्त्री
अमनलाल मोदी, सामान्य प्रशासन मन्त्री
पदम गिरी, स्वास्थ्य मन्त्री
हरि उप्रेती, रक्षा मन्त्री
राजेन्द्र राई, भूमि मन्त्री
अब्दुल खान, वन मन्त्री
तोसिमा कार्की, स्वास्थ्य राज्यमन्त्री
सुशीला श्रीपाली, पर्यटन राज्यमन्त्री
दीपकबहादुर सिंह, ऊर्जा राज्यमन्त्री















