चन्द्रागिरि नगरपालिकामा वैदेशिक रोजागारीबाट फर्केका नगरबासीको तथ्याङ्क संकलनको म्याद थप

Thankot Times

थानकोट । 

चन्द्रागिरि नगरपालिकाले वैदेशिक रोजागरीबाट फर्किएका आफ्ना नगरबासीहरूको विवरण संकलनको अवधि थप गरेको जनाएको छ । 

नगरले मंसिर २८  सूचना जारी गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्रानुसार वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूले वैदेशिक रोजागारीको क्रममा आर्जन गरेको पूँजी, सीप, प्रविधि र अनुभव राष्ट्रहितको लागि उपयोग गर्न सामाजिकीकरण, रोजगारीमा आवद्ध र उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्नका लागि सो विवरण संकलन गर्न सुरू गरेको थियो । 

प्रमुख प्रशासकीय अधिकृत जीवन प्रसाद आचार्यले नगरपालिकामा वैदेशिक रोजागरीबाट फर्किएका आफ्ना नगरबासीहरूको विवरण संकलनको अवधि मंगलबारबाट सात दिन थप गरिएको जानकारी दिनुभयो । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *