कांग्रेसले सभामुखमा उम्मेदवारी दिने
थानकोट ।
नेपाली कांग्रेसले अन्य सहयोगी दलको सहयोगमा सभामुखको उम्मेदवार उठाउने भएको छ ।
बुधबार बिहान सभापति शेरबहादुर देउवाको निवासमा बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको छलफलले यस्तो निष्कर्ष निकालेको प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए ।
सभामुखको निर्वाचनका लागि उम्मेदवारी मनोनयन गर्ने समय अझै केही घण्टा बाँकी छ ।
यसबीचमा हामी सहयोगी दलहरुसँग छलफल गर्छौ र उम्मेदवारीबारे टुंगो लगाउछौ’, महतले जसपा, एकीकृत समाजवादी र माओवादीसँग समेत छलफल गरेर अघि बढ्ने बताए ।














