सतुंगलबाट समातिए फ्रान्स पठाइदिन्छु भनी १९ लाख रूपैयाँ ठगी गर्ने महत

Thankot Times

थानकोट ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १९ लाख रकम ठगी गरेको आरोपमा एक जनालाई सतुंगलबाट पक्राउ गरेको छ ।

फ्रान्स पठाइदिन्छु भनी रकम ठगी गर्ने ४६ वर्षीय तेजेन्द्र महतलाई प्रहरीले पक्राउ गरेको हो ।

महतमाथि राजेन्द्र रानामगरसहित ३ जनासँग प्रतिव्‍यक्ति १० लाख रुपैयाँ भन्‍दै पटक पटक गरेर १९ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।

उनी तनहुँ शुक्लागण्डकी नगरपालिका-८ घर भई हाल चन्द्रागिरि नगरपालिका सतुंगल बस्दै आएका थिए ।

महतलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक कृष्ण प्रसाद कोईरालाले जानकारी दिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *