दक्षिणकाली नगरपालिकाले माग्यो नगर प्रहरीसहित विभिन्न पदमा १३ जना कर्मचारी (सूचनासहित)
थानकोट ।
दक्षिणकाली नगरपालिकाले करार सेवामा विभिन्न कर्मचारीहरू माग गरेको छ ।
नगरले बिहीबार एक सूचना जारी गर्दै नगर प्रहरी सहायक निरीक्षक, नगर प्रहरी जवान, अनमी, ल्याब असिस्टेन्ट पदमा दरखास्त आह्वान गरेको हो ।
भोलाप्रसाद चापागाँईले नगर प्रहरी सहायक निरीक्षक एक जना, नगर प्रहरी जवान ९ जना, अनमी २ जना तथा ल्याब असिस्टेन्ट एक जना माग गरिएको जानकारी दिनुभयो ।
योग्यता पुगेका नेपाली नागरिकहरूले माघ २० गतेभित्र दरखास्त पेश गर्न सक्ने सूचनामा उल्लेख छ ।














